प्यृठान – सरकारले स्थानिय तहको निर्बाचन घोषणा गरेसङ्गै स्वर्गद्वारी नगरपालिका वडा न ५,सारीमा स्थायी घर भएका घनश्याम आचार्यले स्वर्गद्वारी नगरपालिकाको लागि नगर प्रमुख (मेयर) पदमा स्वतन्त्रतर्फबाट उमेद्वारी दिने निर्णय गर्नु भएको छ । स्वःबुबा शविराम आचार्य र आमा चिन्ता आचार्यको एकमात्र सुपुत्र घनश्याम आचार्यको जन्म २०५१ भाद्र १५ गते भएको थियो । औपचारिक शिक्षा गाँउकै उमा महेश्वरी माध्यामिक बिद्यालयबाट सुरू गर्नुभएका आचार्यले अङ्ग्रेजी बिषयमा राप्ती शिक्षा क्याम्पस घोराही, दाङबाट स्नातकोत्तर गरि सक्नु भएको छ । सानैदेखि जिज्ञासु,गम्भीर र पढाईप्रति लगनशिलता भएका आचार्य आफ्नो पढाइ सकेपछि शिक्षण पेसामा लाग्नु भएको थियो । दाङको एक प्रतिष्ठित ज्ञानसिन्धु उच्च माध्यमिक बिद्यालयमा झण्डै पाँच बर्ष अध्यापन गरिसक्नु भएका आचार्य साहित्यिक क्षेत्रमा पनि निकैै अब्बल हुनुहुन्छ। राप्ती क्षेत्रको साहित्यिक बिधामा आफ्नो छुट्टै नाम कमाउनु भएका घनश्याम अस्थित्व एउटा सुपरिचित नाम हो। उहाँ कबिको रूपमा पनि चिनिनुहुन्छ। साहित्यिक क्षेत्रमा प्युठानी कोसेलीहरू राप्ती ( संयुक्त गजल संग्रह ) प्रकाशित भएका छन् ।साहित्यिक क्षेत्रमा कलम चलाए वाफत राप्ती साहित्यिक परिषदबाट ऋषि लक्ष्मी साहित्यिक पुरूस्कारवाट पुरूस्कृत भईसक्नु भएका आचार्यका थुप्रै फुटकर कबिता,लेख ,रचनाहरू पनि विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिकामा प्रकाशित छन् । घनश्याम आचार्य २०७० सालमा नेकपा एमालेमा प्रबेश गर्नु भएको थियो । जुनबेला नेपालमा दोस्रो संबिधान सभाको चुनाब सम्पन्न भएको थियो र प्यूठान क्षेत्र नं. १ बाट बामदेब गौतम( एमाले) बिजयी भएका थिए। २०७३ सालमा देशकै आशा लाग्दा बौद्दिक नेता डा. बाबुराम भट्टराईले स्थापना गरेका नयाँ शक्तिको राष्ट्रिय युवा अभियान दाङ जिल्लाको संयोजक पद सम्हालिसकेका आचार्य २०७५ देखि राजनितिमा नीति कार्यशैलीप्रति बेग्र असन्तुष्टि भएपछि हाल कुनै पनि पार्टीमा संलग्न हुनुहुदैन अर्थात स्वतन्त्र हुनुहुन्छ।
पछिल्लो समयमा स्थानिय तहको निर्वाचन सरकारले आउदो बैशाख ३० गते गर्ने घोषणा गरेसँगै प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा पनि चुनाबी चहलपहल बढ्दै गएको छ । अब हुने पाँच बर्षे दोस्रो कार्यकालको लागि नगरपालिकाको मेयर पद कस्ले बाजि मार्ला भन्ने सबैलाई कौतुहल भएको बेला नयाँ अनुहारको रूपमा घनश्याम आचार्य देखिनु भएको छ नगरपालिकाको समग्र सन्तुलित बिकासको लागि,बेरोजगारीको अन्त्यको लागि,देशकै एक नमुना नगर बनाउनको लागि,कला(साहित्य,पर्यटन विकासको लागि बिधालय शिक्षालाई सैद्धान्तिक भन्दा ब्यबहारिक बनाउनको लागि आफुले उमेदवारी दिने घोषणा गर्नु भएको छ । सामान्यता पढेलेखेको मान्छे राजनीतमिा आएनन। नपढेकाहरूले राजनीति गरेर के समाज र देश बनाउलान भन्ने आम नागरकिको बुझाई भईरहेको अबस्थामा त्यो अभाबलाई पुर्ति गर्न आचार्यले उमेदवार दिने बताउनु भएको छ। ।
पढे लेखेका व्यक्ति कित बिदेश कित जिल्ला छोडेर बाहिर जाने भएकाले गाउँ घरको बिकाश हुन नसकेको बताउनु भयो । साथै नगरपालिकाको बिकाशको लागि पढेलेखेका युवा सबै एक जुट भएर लाग्नु पर्ने पनि बताउनु भयोको छ । राजनितीको बारेमा विभिन्न आलोचना भैरहदा आचार्य अब केहि गर्नु पर्छ भनि लागि पर्नु भएको हो । हाम्रालाई हैन राम्रालाई चुन्नु हुने छ ।अबको चुनाबमा आम जनताले मासु भात खुवाउने अनि भोट किन्न खोज्ने नेतालाई हैन समग्रर नगर हितको लागि काम गर्ने नेतालाई भोट दिन पनि आग्रह गर्नु भएको छ ।अब हाम्ले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने भन्ने कुरालाई आत्म साथ गर्दै लागेको बताउनु भयो । सम्पुर्ण स्वर्गद्वारी नगरवासी आमा बुवा,दाजु ,भाई तथा दिदी ,बहिनी र ठुलो सङ्ख्यामा रहनु भएका युवा साथीहरूको यथेष्ट सहयोग पाएमा आचार्यले मेयर पदमा चुनाब जित्ने प्रतिज्ञा गर्नुभएको छ। आफुले स्वर्गद्वारी नगर बिकासको लागि आगामी पाँच बर्षे बिकासको खाका कोरि सकेको आचार्यले जानकारी दिनु भएको छ ।