रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मुत्यु

रोल्पाको लुङ्ग्री गाउँपालिका–४ जलुकेमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  एक जना घाइते भएका छन् ।

दाङबाट इँटा लिएर लुङ्ग्री गाउँपालिका–२ सिर्प जाँदै गरेको रा १ ख १७८७ नम्बरको टिपर दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका–२ सिर्पका ३७ वर्षीय अमृतबहादुर ओलीको ज्यान गएको हाे ।

दुर्घटनामा परि चालक दाङ राप्ती गाउँपालिका–३ का ४३ वर्षीय दीपक केसी गम्भीर घाइते हुनुभएकाे छ । केसीकाे टाउको र खुट्टामा चाेट लागेकाे र अहिले  लुम्बिनी सीटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनुभयो ।

राति करिब १० बजेतिर टिपर सडकबाट १५० मिटर तल खसेको  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस