देशभरका विद्यालयमा के आवश्यकता छ त्यसको आधारमा विद्यालयका पूर्वाधार बन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।शिक्षा मन्त्री देवेन्द्र पौडेलले आउँदो तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनाउने बताउनुभयो।विद्यालय भवनले मात्रै नहुने भन्दै मन्त्री पौडेलले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत झण्डै १९ सय विद्यालय बनेका छन् । । पूर्वाधार निर्माणसँगै ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि बढेकाले केही दिनभित्र अर्थ मन्त्रालयबाट बजेट स्वीकृत गरी निवेदन दिएका विद्यालयहरुमा कार्यक्रम जाने पनि उहाँले बताउनुभयो।
प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार