एमसीसीको विरोध गर्ने दलहरु सरकारमा बस्नु हुदैन

जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न मिल्दैन बताएका छन।

सत्ता साझेदार दलका नेतासमेत रहनुभएका भट्टराईले सामाजिक सञ्जालमा एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने बताउनु भएको हो । उहाँले लेख्नु भएको छ, ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन । सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो ।’

एमसीसी सम्झौताबारे सत्ता गठबन्धनबीच वमिती भइरहेका बेला डाक्टर भट्टराईको यो  अभव्यक्ति आएको हो । नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी पास नगर्ने अडानमा छन् ।

MCCको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन!सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो!

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस