पत्रकार एलबी विश्वकर्माको निधन

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राती अचानक मुटुमा समस्या देखिए पछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियोराति अचाजनक गाह्रो भएर पाटन अस्पताल लिएको मृतक एलबीका भाइ ललित टमाटाले बताए ।  ललितका अनुसार उनलाई अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका हुन् ।

अछामको रामारोशन गाउँपालिका घर भएका २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका एलबी टीभी टुडे टेलिभिजनमा कार्यरत थिए ।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस