सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज मंगलबार बस्दैछ । स्थानीय तहको निर्वाचन मुख्य एजेण्डा रहेको बैठक बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने लागेको हो ।त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल हुनेछ ।

सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेको छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस