खोटाङ – खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा आगाेमा जलेर एक महिलाकाे ज्यान गएकाे छ ।
खरको थुप्रोमा सल्किएको आगोमा जलेर ४३ वर्षीय मञ्जु परियारको ज्यान गएकाे हाे ।
खरको थुप्रो नजिकै आगो बाल्ने क्रममा आगो सल्किँदा उहाँकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताउनुभयो ।
फुसको छानो हटाउने अभियान अन्तर्गत जस्ता हाल्नका लागि छानाबाट निकालेर थुपारिएको खरको थुप्रोमा आगलागी हुँदा परियारको हिजाे बेलुका घट्नास्थलमै ज्यान गएकाे हाे ।
घरमा श्रीमान् नभएको बेला रक्सी खाएर खरको थुप्रो नजिक आगो बाल्दा आगो सल्किएको र भाग्न नसक्दा परियारको जलेर ज्यान गएकाे अनुमान गरिएकाे छ ।
परियार दम्पतीका तीन छोरामध्ये दुई छोरा रोजगारीका सिलसिलामा भारतको सिलाङ र एक छोरा तराई पुगेका छन् ।घरमा श्रीमान् र श्रीमती मात्र बस्दै आएका थिए ।