ट्र्याक्टर दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

चार जना घाइते भएका छन् । लु ४ त २४०२ नम्बरको ट्र्याक्टर बिहान बुद्धभूमि नगरपालिका–३ रनगाईमा दुर्घटना हुँदा शिवकुमारी थारु र फूलकुमारी थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस