काठमाडौं । आज बस्न भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेको लागि बैठक बोलाएका थिए । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको संसद सचिवालयका एक कमर्चारीले बताए । सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्दैछ ।
संसद बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले विहान ११ः३० बजे शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाएका थिए । संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।
प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार