प्रतिनिधि सभा बैठक आज फेरी बस्दै

काठमाडौं ।  संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आजदिउँसो बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दै छ।

त्यसअघि ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाएका छन्। आजको बैठकमा प्रधानमन्त्री शेरबहादेर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७÷७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनदेखि नै निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ। एमालेले दशौं अधिवेशनका बैठकमा अवरोध गरिरहेको छ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस