पूर्व मुख्यमन्त्री शेरधन राईले फिर्ता गरे सरकारी गाडी

पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन् । उनले पदमुक्तको चार महिना पछि मात्रै सरकारी गाडी फिर्ता गरेका हुन् ।मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवा सुविधा उपभोग गर्दै आएको भन्दै राईको तीव्र आलोचना भएको थियो ।

मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवा सुविधाको विषयमा भने प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।उनले को१झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए ।उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले बताएका छन् ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस