४ तला माथिबाट खसेर भक्तपुरमा १५ वर्षीया बालिकाको मृत्यु

भक्तपुर,  आफ्नै घरको ४ तला माथिबाट खसेर १५ वर्षीया बालिकाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१० कमलविनायकमा ४ तलामाथि बाट खसेर हरिनारायण सितिखुकीकी छोरी सुनेना सितिखुको मृत्यु भएको हो ।

शुक्रबार बिहानै घरको तलाबाट खसेर गम्भिर घाइते भएकी सुनेनालाई बुवाले उपचारको लागि भक्तपुर अस्पताल लगेको थिए । हस्पिटल पुर्याएको १५ मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनास्थलमा थप अनुसन्धानको लागि प्रहरीको टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस