भेरी अस्पतालको क्वाटरमा एकै परिवारको चार जना मृत र ३ जना बेहोस

पुस १५ बाँके  – भेरी अस्पताल नेपालगन्जकाे क्वाटरमा चारजना पारिवारिक सदस्य एउटै काेठामा मृत भेटिएका छन।

मृत्यु हुनेमा अस्पतालकाे क्वाटरमा बस्दै आएका भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई, आमा अन्दाजी ४५ वर्षीया कोकिला भट्टराई र धनप्रसादकी दिदी २७ वर्षीया नन्दकली भट्टराई रहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

उनिहरु संगै रहेका मृतक धनप्रसादकी श्रीमती, एक छाेरा र बहिनी अचेत अवस्थामा छन। उनिहरुकाे भेरी अस्पतालमै उपचार भइरहेकाे र अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पुगि पाेष्टमार्टमकाे तयारी गरि अनुसन्धानकाे लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

अत्यधिक चिसाेका कारण उनीहरुले काेठाभित्र काेइलाकाे आगाे बालेर सुतेकाे हुदा निसासिएकाे हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे भएपनि अहिले नै यहि भन्न नसकिने प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस