पुस १२ मा सुर्खेतबाट काठमाडौँ काम खाेज्दै आएकी ३४ वर्षीया महिलामाथि नयाँ बसपार्कमा भेटेर काम लगाइदिने प्रलोभनमा पारी मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेपछि उनी सामुहिक बलात्कारकाे सिकार बन्न पुगेकी छन। उनी सुर्खेतबाट पहिलोपटक काठमाडौ आएकाे हुदा उनलाई सहजै प्रलोभनमा पारिएको प्रहरी अनुसन्धानबाट खुलेकाे छ।

उक्त गेष्टहाउसमा मुगु छाँयानाथ रारा नगरपालिका घरका हिक्मत नेपाली र बडुवालले त्याे रात करणी गरे पछि भाेलिपल्ट अर्थात पुस १३ गते मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीसले अर्काे गेष्ट हाउसमा लिएर सामुहिक बलात्कार गरेकाे र बलात्कार गर्न उनिहरुले तिनवटा गेष्टहाउस प्रयाेग गरेकाे खुलेकाे छ। यद्यपि घटनामा उक्त गेष्ट हाउसका संचालकहरु संलग्न भए नभएकाे बारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

बलात्कारमा संलग्न रहेका मुगुका हस्त नेपालीलाई बुधबार बिहान पक्राउ गरिएको छ भने चन्द्र साउदलाई बुधबार बेलुका पक्राउ गरिएको हाे। बलात्कारमा संलग्न ९ जना आरोपी नै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको प्रहरी स्राेतकाे अनुसन्धानबाट खुलेकाे छ।

पीडित महिला बलात्कार पछि आफै प्रहरी समक्ष आएपछि उक्त घटना बाहिरिएकाे हाे। प्रहरीमा आउदा उनकाे शारीरिक र मानसिक अवस्था निकै कमजोर भई बाेल्दा समेत स्पष्ट बाेल्न नसकेपछि प्रहरीले पहिला उनलाई उपचार गरेकाे थियाे। अस्पताल पुगेपछि मात्रै महिलाले आफुमाथि भएकाे पीडा स्पष्ट भनेपछि प्रहरीले अनुसन्धान थालेकाे हाे। अहिले महिलाकाे अवस्था सामान्य रहेकाे र प्रहरीकाे संरक्षणमा राखिएकाे छ। आफ्नो श्रीमान लामो समयदेखि राेजगारकाे लागि भारतमा गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागी उनी काठमाडौँ आएकाे प्रहरी समक्ष बयान दिएकाे परिसरका एसएसपी सुदिप गिरीले बताए ।