विश्वमै भेटिईन ३१ औला भएकी अनौठी बच्ची

काठमाडौं । विश्वमा विभिन्न कारणले अनौठा बच्चाको जन्म भइरहेको हुन्छ । हामिले दुई ज्यान जोडिएका बच्चाको जन्म भएका सुन्दै आइरहेका छौ ।यस्तो घटना सुन्दै आएका हामिलाई बढी औला भएका बच्चा जन्मेको सुन्नु नौलो कुरा होइन । हाम्रा हात खुट्टामा पाँच पाँच वटा औला हुन्छन् । तर यस्ता बच्चाको पनि जन्म भइरहेको छ जसका हात खुट्टामा पाँच भन्दा बढी औला भएका छन् ।

चीनको वुनान प्रान्तमा एक अनौठो बच्चाको जन्म भयो, जसका हात र खुट्टाका औला ३१ वटा छन् । हांग हांग नाम गरेकी उनी ४ महिनाकी हुँदा औलाका कारण चर्चामा आएकी थिइन् ।

उनको हातको ५ औला र खुट्टाका १६ औला छन् । त्यसमा पनि सबैमा २–२ हांगा जस्तो पलाएका छन् । अनौठी बच्चाको जन्म भएपछि डाक्टरले पोलिडेक्टलिज्म भएको बताए।

यस्तो समस्या मानिस, कुकुर र बिरालोमा पनि हुने बताइएको छ । यस्तो समस्या भएमा डाक्टरहरुले सर्जरी गरेर हटाउने गर्छन् । यो हजार बच्चामा एक बच्चामा देखिने डाक्टरहरु बताउछन् । खासमा यस्तो समस्या जन्मजात नै हुन्छ । हांगको आमाको पनि जन्मजात कै समयमा ६ औला रहेका थिए ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस