नेपाली काँग्रेसका नेता नारायण बहादुर कार्कीले राजनीति उमेरले नभएर दिमागले गर्ने भन्दै पार्टीमा अहिलेको अवस्थामा पुस्तान्तरणको आवस्यकता नरहेको बताएका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा खस आर्य खुल्लाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका कार्कीले पार्टीमा ठुलो परिवर्तन आउँछ भन्ने आफुलाई नलागेको बताए ।
‘नयाँ पुस्तासँग यदि त्यो विचार थियो भने सभापतिमा उम्मेद्वारी दिन सक्नुभयो त रु त्यसैले अहिले नै पुस्तान्तरण होला भन्ने मलाई लाग्दैन’
उनले भने । कार्कीसंग गरिएको कुराकानीको संक्षिप्त अंश
कांग्रेसको महाधिवेशनलाई कसरी हेर्नुभएको छ ?
महाधिवेशनबाट पार्टीलाई बलियो बनाउनुपर्ने छ । महाधिवशेनमार्फत पार्टीलाई सवै निर्वाचनमा जित्ने आधार बनाउनुपर्छ ।
पार्टीको केन्द्रीय सदस्यमा तपाईको उम्मेद्वारी किन ?
मैले पार्टीमा रहेर करिव ३५ बर्ष भयो काम गरेको , संविधानसभा सदस्य बन्ने अवसरमा पाएको मैले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारको क्रममा भएको बम विस्पोर्टमा परि खुट्टा गुमाए , पार्टीको कामका क्रममा खुट्टा गुमाएर पनि क्रियाशिल हुन अरुको लागि पनि प्रेरणा र उत्साह हुन्छ सक्छ । अव कांग्रेसलाई थप बलियो बनाउदै अघि बढाउनका लागि मेरो उम्मेद्वारी हो ।
महाधिवशेनका क्रममा नेतृत्वमा पुस्तान्तरणको कुरा पनि उठेको छ नी ?
राजनीति मान्छेको दिमागले गर्ने हो, शरिरले होईन, नेतृत्वले पार्टीलाई कतिको बलियो बनाउछ भन्ने बिषयपनि नेतृत्वमा रहनु व्यक्तिको बुद्धिमा निर्भर रहन्छ । अहिलेको प्रश्न भनेको पार्टीको नेतृत्व लिएर कसले राम्रो काम गछै भन्ने नै हो । अहिलेको महाधिवशेनमा नयाँ बिचार लिएर कोहि युवाहरु आएको जस्तो लाग्दैन , त्यसका कारण पनि अहिले नै पुस्तान्तरण भै हाल्छ भन्ने होईन ।
वर्तमान नेतृत्वले त कांग्रेसलाई कमजोर पार्यो भन्ने आरोप छ नी ?
नयाँ पुस्तान्तरण गर्दा कांग्रेसलाई बलियो बनाउने आधार खै त आएको , पुस्तान्तरण हुनेबितिकै पार्टी परिवर्तन हुन्छ भन्ने आधार छैन । पार्टीलाई रुपान्तरण गर्ने नयाँ बिचार लिएर आएको त मैल कहिँ देखिन् ।
प्रदेश १ मा तपाई शेर बहादुर देउवाको अत्यन्त नै निकट पात्र भनेर चिनिनुहन्छ, पदाधिकारीमा उम्मेद्वारी नदिएर किन केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको ?
म जस्तो निर्वाचनमा प्रचारप्रसारको क्रममा भएको बम विस्पोटमा परि खुट्टा गुमाएको व्यक्तिलाई देउवाले केन्द्रीय सदस्य बन्नुस भन्दा निकै गौरव महशुस भएको छ । अहिले उदयपुरले पनि सम्मान पाएको छ । म देउवाको अन्धभक्त भने होईन , उहाको राम्रो कामको सधै प्रसंसा गर्छु र नराम्रा कामको आलोचक पनि हुँ । मलाई प्रतिनिधिहरुले भोट हालेर जिताउनुहुन्छ भन्नेमा म विस्वस्त रहेको छु । महाधिवेशनले पार्टीमा देखिएका विकृति÷विसंगतीलाई हटाउनेमा पनि म ढुक्क छु ।