राङकोट स्वास्थ्य चौकीले गर्यो नयाँ भवनबाट सेवा सुरु

परिवर्तन गाउँपालिका वडा नं।५ राङकोट गोरीचौर रोल्पामा अवस्थित स्वास्थ्य चौकी राङकोटले शुक्रबार देखि आफ्नो नयाँ निर्मित भवनबाट सेवाको सुरुवात गरेको छ । पहिले कच्ची घरबाट सेवा दिदै आएको स्वास्थ्य चौकीले अहिले पक्की ११ कोठे भवनबाट सेवाको सुभआरम्भ गरेको बताइएको छ।

लुम्बिनी प्रदेश सरकारको २० लाख रुपियाँ,परिवर्तन गाउँपालिकाको ३८ लाख रुपियाँ तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको ६ लाख गरि जम्मा ६४ लाख रुपियाँमा निर्माण भएको स्वास्थ्य चौकीले जानकारी दिएको छ।बजेटका लागि पहल गर्दा सकारात्मक रुप लिएर सहयोग गर्ने लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुनमगर र परिवर्तन गाउँपालिका लगाएत निर्माण कार्यमा सहयोग गर्ने उपभोक्ता समिति निर्माण कम्पनी सबैमा स्वास्थ्य चौकी राङकोटका व्यवस्थापन समिति अध्यक्ष सुक बहादुर बुढामगरले धन्यवाद व्यक्त गर्नु भएको छ।

साथै स्वास्थ्य चौकीको समस्या धेरै रहेको र समस्यालाई केही समाधान गर्ने पहल हुने बताउदै भवन निर्माणमा सहयोग गर्ने पहलको भुमिका खेलेर सहयोग गर्ने सम्पूर्णमा स्वास्थ्य चौकी राङकोट्का स्वास्थ्य इन्चार्ज असोक बिसीले सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस