पूर्व राज्यमन्त्री नरेशबहादुर सिंहले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं – बझाङका कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री नरेशबहादुर सिंहले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व राज्यमन्त्री सिंहले केन्द्रीय सदस्यमा भूगोलबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विपी कोइरालाको आदर्श, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको निष्ठाको मार्गमा काँग्रेसलाई स्थापित गराउन आफुँले केन्द्रीय सदस्यको उम्मेदवारी दिएको नेता सिंहले बताए ।

सिंह बझाङ जिल्लाको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै आएका छन् । सिंह २०३५ सालमा बझाङको बुङ्गगल स्थित सरस्वती माविमा ९ पढ्ने क्रममा नेविसंघको उपाध्यक्षबाट राजनीति यात्रा सुरू गरेका थिए ।

बौद्धिक व्यक्तित्वको रूपमा चिनिएका प्रभावशाली नेता तथा पूर्व राज्यमन्त्री सिंह नेविसंघको केन्द्रीय उपाध्यक्ष र राज्यमन्त्री समेत भइसकेका छन् । २०४६ सालको जनआन्दोलनमा सिंह कैलालीको धनगढीमा जेल समेत परेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस