मेरो सरकार बनेदेखी जनताले ओली शासनबाट मुक्ति पाए – देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् । पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अब आउने सरकार पनि कांग्रेसको बनाउने भन्दै आफूलाई जिताउन आग्रह गरेका हुन् ।

देउवाले आफ्नो सरकार बनेसँगै ओली शासनबाट मुक्ति पाएको बताएका छन् । ‘जुन दिन मेरो सरकार बन्यो, त्यो दिन सारा जनताले ओलीको शासनबाट मुक्ति पाए ।’, उनले उनले भने, ‘मलाई एक पल्ट जिताइदिनुस् ।

’ उनले आफूलाई पार्टी सभापतिमा जिताउन आग्रह गर्दै कार्यकर्तालाई भने, ‘आउँदो सरकार काँग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म । त्यो मेरो जिम्मा भयो ।’ पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट कुनै किसिमको मनमुटाव राख्न नहुने पनि बताउदै उनले भने, ‘भोलि चुनाव आउँछ, आन्तरिक निर्वाचनमा भएको मनमुटावले आगामी स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा कुनै असर नगरोस् ।’

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस