ओलीलाई ‘बा’ भन्नेहरु समेत परेनन् पदाधिकारीको सूचीमा

नेकपा एमालेको दशौं महाधिवेशन चितवनको सौराहमा जारी रहेको छ । ११–१२ गते दिन भरी जसो नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास जारी रह्यो । तर तत्कालीन केपी ओली सफल हुन सकेन् । जब कि महाधिवेशन हलले ओलीलाई सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने अधिकार दिएको थियो । त्यहि अधिकार प्रयोग गरेर ओलीले १९ जना पदाधिकारी र ३०१ जना केन्द्रीय कमिटी सदस्यको नाम तयार गरेर महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेका थिए ।

ओली निकट भएर सधै चर्चामा आउने अन्य केहि नेताहरुले पदाधिकारीमा जान चाहेका थिए । अझ केहिले त आफू फलानो पदमा उम्मेदवारी दिने भनेर घोषणा गरेका थिए तर उनीहरु पनि पदाधिकारीमा समेटिएनन् । अझ बा को लागि धरहराबाट हामफालेर मर्न पनि तयार भएको सार्वजनिक रुपमा घोषणा गरेका महेश बस्नेत सचिवमा उम्मेदवारी दिने भनेर कार्यक्रममा नै घोषणा गरेका थिए । तर उनी पदाधिरकारीमा परेनन् ।

ओलीका निकट अर्का पात्र हुन गोकुल बास्कोटा । बास्कोटालाई ओलीले काभ्रे गएर तुलामा एकतातिर बास्कोटा अर्को तर्फ अरु नेताहरु भनेर प्रसंशा गरेका थिए । तर प्रशंसा गरेको केहि दिनमा ७० करोडको घुस काण्डमा परेर मन्त्रीबाट हात धुनु परेको थियो । तीनै बास्कोटाले पनि पदाधिकारीमा जान चाहेका थिए तर अटाएनन् ।

अर्का पात्र हुन कर्ण थापा । उनी तत्कालीन एमालेको सुदुपश्चिम प्रदेश कमिटीका अध्यक्ष हुन । उनी नाताले ओलीका ज्वाई पर्छन । पहिलो विवाह बाजुरामा नै गरेका भएपनि काठमाडौं पढ्न आएपछि यत झापाकी ओली थरकीसंग दोस्रो विवाह गरेर ओलीको ज्वाई बनेका थिए । थापा पनि पदाधिकारीमा जान चाहेका थिए तर पाएनन् । यी तीनै जनाले सचिवमा जान चाहेका थिए । तर पाएनन् ।

नवौं महाधिवेशनमा बस्नेत ,बास्कोटा पराजित भएका थिए भने थापाले जितेका थिए । ३०१ जना केन्द्रीय सदस्यको नाममा ओलीलाई बा भन्ने केहि युवा नेताहरु अटाएनन् । आलोचनात्मक चेत नै गुमाएर समर्थन गर्नेहरु नै अहिले केन्द्रीय कमिटीमा परेनन् ।

कोमल वलीदेखि मोतिलाल दुगढसम्म केन्द्रीय सदस्य हुदा युवासंघका पूर्व अध्यक्ष रमेश पौडेल, अखिलका पूर्वअध्यक्ष ऐन महर, अखिलका अध्यक्षका दाबेदार रश्मि आचार्य परेनन् । अझ एमालेको संसदमा प्रमुख सचेतक विशाल भट्टराई पनि केन्द्रीय सदस्यमा अटाएनन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस