काठमाडौं,
महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै चर्चित संगीतकार कमल अधिकारीको तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक भएको छ।
यस गीतमा रमा पोख्रेल, सिमा गौतमको स्वर रहेको छ भने रमा पोख्रेलको शब्द, चर्चित संगीतकार कमल अधिकारीको संगीत, एरेञ्ज र मिक्सिङ रहेको छ। गीतको भिडियोमा दिनेश बिष्टको निर्देशन, एजे एजुको छायांकन, मिन रावलको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा चर्चित मोडल बिना रावतको मुख्य भुमिका रहेको छ। “सम्झी सम्झी घर” नामक तीज गीतलाई कमल अधिकारीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

प्रकाशित मिति : २०८३ भाद्र २ गते मङ्गलवार


