राेल्पा, बैशाख १४ । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा राष्ट्रिय युवा परिषद् गठन गरिएको छ। गाउँपालिका अध्यक्षको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो भने एक सदस्य सचिव कार्यालयबाट अधिकृतस्तरको कर्मचारी रहने व्यवस्था गरिएको छ।
समितिको कार्यकारी उपाध्यक्षमा कार्यपालिकाबाट महेश खत्री चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रमिला बुढा, विपिन सुनार, दलकुमार रोका, हरिप्रसाद बिक, निशाना बुढा, राजेश घर्ती, रवि घर्ती, विनिता बुढामगर, कमल बुढा मगर, अर्जुनकुमार घर्ती, रामकुमारी बुढा, गोपाल रसाइली, कल्पना बिक र अनिल खत्री रहेका छन्।
यस परिषद्अन्तर्गत वडा नम्बर १ देखि ६ सम्मका युवा क्लबहरूलाई समेटेर अध्यक्षको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति पनि गठन गरिएको छ। उक्त कार्यसमितिले विपद् व्यवस्थापन, गाउँमै रोजगारी सिर्जना, सूचना तथा सञ्चार प्रवर्द्धन, पर्यटन विकास, सांस्कृतिक उत्थान, जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, सीपमूलक तालिम सञ्चालनलगायतका विभिन्न गतिविधि सञ्चालन गर्नेछ।
त्यसैगरी बाढी, पहिरो, आगलागी तथा अन्य दुर्घटनासम्बन्धी व्यवस्थापनमा अग्रसर भई काम गर्ने, लागू पदार्थ दुरुपयोग न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम तथा सडक नाटक सञ्चालन गर्ने कार्य पनि समितिको जिम्मेवारीमा रहनेछ।
कार्यक्रममा हुरेक नेपालको सहभागिता तथा सहयोग रहने व्यवस्था समेत गरिएको जनाइएको छ।


