रोटरी क्लबद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार थान ह्वीलचेयर हस्तान्तरण

घोराही, २० चैत । रोटरी क्लब अफ दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार थान ह्वीलचेयर हस्तान्तरण गरेको छ। क्लबका अध्यक्ष रोशन दाहालले प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्साललाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थी तथा सह–निर्देशक डा. सुरेश रसाइलीको उपस्थितिमा ह्वीलचेयर सहयोग गरिएको थियो।

सो अवसरमा बोल्दै निमित्त उपकुलपति प्रा. लम्सालले बिरामीको सेवामा सहयोग पुग्ने गरी ह्वीलचेयर उपलब्ध गराएकोमा रोटरी क्लब अफ दाङका अध्यक्ष दाहालसहित सम्पूर्ण रोटरी परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राप्त सहयोगको उचित सदुपयोग गरिने बताउँदै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

त्यस्तै, क्लबका अध्यक्ष दाहालले प्रदान गरिएको सहयोगको प्रभावकारी उपयोग गर्न अस्पताल प्रशासनलाई अनुरोध गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस