घोराही , चैत्र २० । नेशनल रिपब्लिक नेपाल (NRN) घोराही उपमहानगर कमितिको आयोजना अन्तर्गत कार्यकर्ता प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
शुक्रवार घाेराही स्थित नेपाल मगरसंघकाे सभाहलमा भएकाे कार्यक्रम नेशनल रिपब्लिक नेपालका केन्द्रिय सल्लाहकार शोभाराम बुढा मगरकाे अध्यक्षतामा तथा नेशनल रिपब्लिक नेपालका प्रेसिडेन्ट डा. थमन बुढा मगरकाे प्रमुख आतिथ्यतामा र नेशनल रिपब्लिक नेपालका केन्द्रीय प्रवक्ता बिष्णुमान बिक (आयुश) काे बिशिष्ट आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।

NRN लुम्बिनी प्रान्तिय कमिति सदस्यका दाङ जिल्ला इन्चार्ज मिनबहादुर थेडि मगर, नेशनल रिपब्लिक नेपाल (NRN) कर्णाली प्रदेश संयाेजक पुस्कर बबाल लगाएत पार्टिमा आबद्द सुभचिन्तक साथै भरोसा एफएमका स्टेशन म्यानेजर दीपक पुन लगाएत जिल्लामा क्रियाशिल सञ्चारकर्मि सबैकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमलाइ सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अथितिनेशनल रिपब्लिक नेपालका प्रेसिडेन्ट डा. थमन बुढा मगरले दार्शनिक डा. गाेपाल गुरूङकाे फाेटाेमा माल्यार्पण गर्दै प्रशिक्षणसमेत प्रदान गर्नुभयो। उहाँले संगठन विस्तारका लागि कार्यकर्ताको सक्रिय भूमिका अपरिहार्य रहेको समेत बताउनु हुदै, निरन्तर रूपमा सक्रिय भएर लाग्नु पर्नेमा जाेड दिनु भएकाे थियाे ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेशनल रिपब्लिक नेपालका केन्द्रीय प्रवक्ता बिष्णुमान बि.क. (आयुश)ले नेशनल रिपब्लिक नेपालका केन्द्रीय प्रवक्ता, लगायत अन्य वक्ताहरूले संगठन सुदृढीकरण, आगामी रणनीति तथा कार्यकर्ताको भूमिकाबारे आफ्नो विचार व्यक्त गर्नुभएको थियो।
दाङ क्षेत्र नम्बर ३ का उम्मेदवार प्रीतम चौधरीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे उक्त कार्यक्रमकाे सञ्चालन जितन पुनले गर्नुभएको थियो ।


