काठमाडौंबाट रोल्पाको बागमारा तर्फ जाँदै गरेको बस दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाइते

दाङ, चैत्र १४ । काठमाडौंबाट रोल्पाको बागमारा तर्फ जाँदै गरेको बस दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

ना ७ ख ९३९८ नम्बरको ट्रकले लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिँदा बस सडकबाट करिब १०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी रोल्पा बागमाराका करिब २५ वर्षीय गोविन बुढाको मृत्यु भएको छ। साथै, दुई जना पुरुषको पहिचान खुल्न बाँकी रहेको छ।

घाइतेमध्ये १३ जनाको लुम्बिनी सिटी अस्पताल मा उपचार भइरहेको छ। त्यहाँ उपचाररत घाइतेहरूमा मरिचमान घर्ती मगर (२४) रोल्पा परिवर्तन–४, हिमाल घर्ती मगर (२४) रोल्पा माडी (बस चालक), लोकराज ओझा (२८) कञ्चनपुर कृष्णपुर–६, सागर चौधरी (२४) बर्दिया बारबर्दिया–७ (ट्रक चालक), जीवन चौधरी (१९) बर्दिया बारबर्दिया–७, लक्ष्मी खत्री (२८) काठमाडौं, किरण पुन मगर (१९) रोल्पा माडी–२, सुशिला नेपाली (४८) रोल्पा माडी–२, मोतिलाल डाँगी (५८) रोल्पा माडी–४, झुपबहादुर घर्ती (६२) रोल्पा माडी–४, तीर्थबहादुर पुन (६२) रोल्पा माडी–३, खिमबहादुर नेपाली (४९) दाङ घोराही–३ तथा एक जना करिब २५ वर्षीया महिला (पहिचान नखुलेकी) रहेका छन्।

यस्तै, अन्य २ जना घाइतेको चिसापानी अस्पताल मा उपचार भइरहेको छ। उनीहरूमा विशाल चेपाङ (३१) चितवन इच्छाकामना–१ र आशिक गुरुङ (२९) चितवन रत्ननगर (पिकअप चालक) रहेका छन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस