परदेशिएको पीडा झल्काउने “परदेशी दाइ सालेजो” सार्वजनिक

दाङ, चैत्र १२ । “परदेशी दाइ सालेजो” नामक नयाँ नेपाली गीत आज बिहीबार बेलुका ६ बजे सार्वजनिक गरिएको छ। Binay Official युट्युब च्यानल मार्फत सार्वजनिक उक्त गीतको निर्देशन दिपेन थापा मगर ले गरेका छन।

गीतमा टिका पुनबिनय पुन मगर को स्वर रहेको छ भने शब्द पनि बिनय पुन मगरकै रहेको छ। संगीत (रेडियाे भराेसा दाङका स्टेशन म्यानेजर) दिपक पुन ले दिएका छन् भने संगीत संयोजन (एरेञ्ज) अमर रोका मगर ले गरेका छन्।

गीतको मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुन ले गरेका छन् त्यस्तै रेकर्डिस्टको रूपमा सागर पुन रहेका छन्। गीत Shankara Digital Recording Studio मा रेकर्ड गरिएको छ। अडियो तथा भिडियो निर्माण बिनय पुन मगर मार्फत गरिएको जनाइएको छ।

यस गीतको पोस्टर सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ उत्सुकता बढेको थियो। गितमा विशेषगरी विदेशिएका नेपाली दाजुभाइहरूको पीडा, परिवारसँगको दूरी र भावनात्मक कथा प्रस्तुत गरिएको पाइन्छ।

भिडियोतर्फ कथा, निर्देशन तथा कोरियोग्राफी बिनय पुन ले सम्हालेका छन्। भिडियोमा निशा मगरदिपेन थापा मगर को मुख्य अभिनय रहेको छ।

छायांकन डोर्ना बस्नेत ले गरेका छन् भने सम्पादन प्रवेन भट्ट ले गरेका छन्। सहायक सम्पादकको रूपमा पनि डोर्ना बस्नेत रहेका छन्। क्यामेरा सञ्चालन कमल मल्ल ले गरेका छन् भने ड्रोन अपरेटर खगेन्द्र खड्का रहेका छन्।

प्रकाश व्यवस्थापन आकाश विश्वकर्मा ले गरेका छन् भने कलर ग्रेडिङ मिलन विश्वकर्मा ले गरेका छन्। पोस्टर निर्माण भीम बहादुर पुन ले गरेका हुन्।

नेपाली संगीत क्षेत्रमा यस्ता भावनात्मक तथा यथार्थपरक गीतहरूले राम्रो स्थान बनाउँदै आएका छन्। सार्वजनिक भएसँगै “परदेशी दाइ सालेजो” गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

पुरा भिडियाेः

प्रकाशित मिति : २०८२ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस