“रिवन केशैमा” बोलको नयाँ लोकगीत पोस्टरसहित सार्वजनिक

दाङ, फागुन २९ । लोक तथा दोहोरी संगीतप्रेमीहरूका लागि “रिवन केशैमा” बोलको नयाँ लोकगीत पोस्टरसहित सार्वजनिक गरिएको छ। गायक कृष छेत्रीको प्रस्तुतिमा तयार गरिएको उक्त गीत छिट्टै भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिने जनाइएको छ। गीतमा चर्चित गायिका शान्ति श्री परियार र कृष छेत्रीको स्वर रहेको छ, जसले गीतलाई अझ आकर्षक बनाएको निर्माण पक्षले जनाएको छ।

हाल सार्वजनिक पोस्टरसहितको गीतका शब्द तथा संगीत स्वयं कृष छेत्रीले तयार पारेका हुन्। लोक स्वाद र आधुनिक संगीत संयोजनलाई मिलाएर तयार गरिएको यस गीतमा खेमराज गौतमले एरेन्ज गरेका छन् भने कुमार सानु पुनले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको रेकर्डिङ सागर पुन (एनबी)ले गरेका हुन् भने रेकर्डिङ स्टुडियो शंकरामा गरिएको हो।

गीतको म्युजिक भिडियोमा मीना रशाइली र कृष छेत्री मुख्य भूमिकामा देखिनेछन्। भिडियोमा ग्रामीण प्रेमकथाको झल्को दिने शैली प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ।

म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी तिलक ठाकुरी ‘चिट्टी’ले गर्ने बताइएको छ। भिडियोको छायांकन प्रकाश खड्का र उनको टिमले गर्नेछन् भने राजकुमार मगरले भिजुअल एडिट तथा कलर ग्रेडिङ गर्नेछन्। कलाकारहरूको मेकअप कबिन खड्काले गर्नेछन्। पोस्टर डिजाइन लक्ष्मण चौहानले तयार पारेका छन् भने पोस्ट–प्रोडक्सनको काम राजकुमार फिल्म्सले गर्नेछ।

निर्माण टिमका अनुसार लोक स्वादले भरिएको “रिवन केरेना” गीत केही समयभित्रै कृष छेत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ। गीत सार्वजनिक भएपछि दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

भिदियाे

प्रकाशित मिति : २०८२ फाल्गुन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस