सहकारी परिचयपत्र देखाएर भोट हाल्ने प्रयास गर्दा दोलखामा विवाद

काठमाडौं , फागुन २१ । दोलखाको कालिञ्चोक गाउँपालिका–८, कालीनाग मतदान स्थलमा मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएका एक मतदाताले सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोज्दा विवाद उत्पन्न भएको छ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार, मतदाता नामावलीमा नाम भएकाले अन्य परिचयपत्रमार्फत मतदान गर्न सकिने बताइएको भए पनि सहकारी परिचयपत्रबारे नियममा केही स्पष्ट उल्लेख थिएन।

उहाँले थप जानकारी दिनुभयो कि अहिले विवाद समाधानका लागि छलफल भइरहेको छ र मतदाता नामावलीमा नाम रहेकाले भोट हाल्न दिने गरी सहमति हुन लागेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस