गजल (साहित्यकार सुरेशकुमार पाण्डे)

भन्देऊ, कोही गरिबहरूको घर कहाँ छ ?
खोला सुकायौ तिमी, अब त्यो बगर कहाँ छ ?

कागजमै मात्रै बनाउँछौ तिमी नगरपालिका,
डाँडा–पाखा, पखेरामा बनेको सहर कहाँ छ ?

मानौँ, तिमीले यहाँ भ्यु–टावर त बनायौ,
सोच्नै सकेनौँ, त्यसको असर कहाँ छ ?

मर्छन् कमाउन गएका नौजवानहरू खै ?
कयौँ अकालै गए ज्यान, त्यो खबर कहाँ छ ?

जन्म्याैँ तराई, पहाड र हिमालमा नेपाली,
थाहा छैन उसको गन्तव्य–सफर कहाँ छ ?

 

साहित्यकार सुरेशकुमार पाण्डे

ठेगानाः दाङ, घोराही-१८

मितिः २३-०२-२०२६

प्रकाशित मिति : २०८२ फाल्गुन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस