
भूमे बराह युवा क्लबले आफ्नो छैठौं वार्षिक उत्सवको अवसरमा भूमे बराह कप मनाउँदै ।
अनिल खत्री। समाज रूपान्तरणमा युवाहरूको दायित्व सभ्य गतिशील समुदाय निर्माणमा हाम्रो स्थायित्व भन्ने मूलनाराका साथ दशैं तिहार तथा छठ पर्वको शुभ अवसरमा विगतका वर्षहरू जस्तै यस वर्ष पनि छैठौँ वार्षिक उत्सव एवं प्रथम भूमि बराह कप साथै विविध सांस्कृतिक कार्यक्रम २०८२ सञ्चालन हुने भएको छ। असोज ३ देखि असोज ८ गतेसम्म क्लबको खेलमैदान लुम्री १ मादुर रोल्पा।
साथै पुरुष भलिबल प्रतियोगिता प्रथम पुरस्कार रु. ३१ हजार ट्रफी मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार रु २१ हजार मेडल र प्रमाणपत्र तृतीय पुरस्कार रु १२००० र सान्त्वना पुरस्कार रु १२ हजार मेडल र प्रमाणपत्र त्यस्तै शुद्ध वडा स्तरीय महिला भलिबल प्रतियोगिता प्रथम पुरस्कार रु. २०,००० ट्रफी मेडल र प्रमाणपत्र धृतीय पुरस्कार रु १५००० मेडल र प्रमाणपत्र र सेमीफाइनल लिस्ट दुवै टिमलाई रु १० हजार मेडल र प्रमाणपत्र लोकदोहोरी गीत प्रतियोगिता प्रथम पुरस्कार रु ८ ००० द्वितीय पुरस्कार रु ६ ००० र तृतीय पुरस्कार रु ४००० त्यस्तै सामूहिक नृत्य प्रतियोगिता एकल नृत्य प्रतियोगिता घैँटाफोर भाले पकड टिम रस्साकसी लङ्गजम कबड्डी गीता मावि स्तरीय हाजिरी जवाफ स्थानीय कला प्रस्तुति प्रतियोगिता समेत रहेको छ।
विधागततर्फ सर्वोत्कृष्ट पुरुष सर्व उत्कृष्ट महिला बेस्ट स्पाइकर पुरुष बेस्ट स्पाइकर महिला बेस्ट सतर पुरुष बेस्ट सटर महिला बेस्ट लिब्रो पुरुष व्यस्त लिब्रो महिला लाई मेडल सहित ट्रफी र पुरस्कारको समेत व्यवस्था गरिएको छ नोट दर्ता शुल्क पुरस्कार राशिको 10 प्रतिशतका दरले लाग्नेछ। भने सचिवालय तर्फका सर्ट तथा बन्देजहरू पनि रहेका छन्। खेल शुद्ध वडा स्तरीय हुनेछ खेलाडीहरू अनिवार्य रुपमा आफ्नो पहिचान झल्कने पोशाकस सहित मार्च पासमा उपस्थित हुनुपर्नेछ। खेल निकम नकआउट सिस्टममा हुनेछ। खेल अवधिभर मादक पदार्थ सेवन गरेर होहल्ला गर्न पाइने छैन यदि होहल्ला गरेको पाइएमा प्रशासनको जिम्मा लगाइनेछ खेल अवधि भित्र मादक पदार्थ बिक्री वितरण गर्न पाइने छैन उद्घाटन असोज ३ गते बिहान १० बजे हुनेछ तिम्रो त असोज २ गते साँझसम्म मात्र हुनेछ खाना बस्नको व्यवस्था स्वयं खेलाडीहरू आफैले गर्नुपर्नेछ।
खेल सम्बन्धित कुनै विवाद आएमा आयोजकको निर्णय अन्तिम निर्णय हुनेछ भने थप जानकारीका लागि अध्यक्ष अशोक पुनमगर टिम संयोजक आनन्दकुमार रोका लगायतले जानकारी दिनुभएको छ। यसअघि पनि यस क्लबले यस्ता कार्यक्रमहरू गर्दै आएको र अहिले छुट्टै प्रकारले कार्यक्रम गर्न लागेको भन्ने कुरा समेत जानकारी दिनुभएको छ।