शर्मिला तामाङ्गको नया गीत ‘मन परेको मान्छेलाई बल्ल भेटियो” बजारमा आएको छ गायिका शर्मिलाले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् । शर्मिला तामाङ्गको आफ्नै युटुब च्यानल बाट बजारमा आएको हो।
उनले लोक तथा दोहोरी गीतको साथ् साथै तामाङ्ग समुदायको संस्कृतिमा रुमलिएको कयौं सेलो गीत पनि सार्वजनिक गरिसकेकी छिन् । हाल जापानमा रहेकी शर्मिलाले बेलाबखत समय अनकुलता हेर्दै विभिन्न गीत संगीतहरु सोहि मुलुकबाट तयार गर्ने गरेकी छिन् । माथि उल्लेखित गीत भने नेपाल आउँदा रेकर्ड गरेर उनि जापान गएकी हुन् ।
बिष्णु तामाङ्गद्वारा संगीत संयोजन भएको “मन परेको मान्छेलाई बल्ल भेटियो” बोलको गीतलाई लय तथा शब्द सिर्जना शर्मिला स्वयम् ले भरेकी हुन् भने स्वर अर्जुन सापकोटा र शर्मिला तामाङ्गको सुन्न सकिन्छ । यस गीतको म्युजिक भिडियोमा काजिस श्रेष्ठ र गीता ढुंगानाको आकर्षक अभिनय रहेको छ । काजिस श्रेष्ठको निर्देसन रहेको भिडियोमा छायाकन बुद्ध थापा र सम्पादन दिपक विष्टले गरेका हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



