राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

काठमाडौं,

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै गायिका सन्तोषी सुनारको तीज बिशेष गीत “पोईला हिन्दिम होला” सार्वजनिक भएको छ।

सो गीतमा प्रेमिल शब्दहरु समाबेश गरिएको छ। गीतमा मन पर्ने केटा केटी भेट भएपछि लभ गर्ने की पोईला जाने बिषयमा दोधार भएपछि शिब भोलालाई सोधिएको बिषयलाई चित्रण गरिएको छ। यस गीतमा चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वर रहेको छ भने राजु आर.डी. को शब्द, संगीत रहेको छ।

गीतको भिडियोमा मदन खड्काको कथा, निर्देशन, कोरियोग्राफी रहेको छ भने बिरेन्द्र भट्टको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा राजु आर.डी., नारायणी खत्री, सरेश कोली, रचु न्यौपाने को अभिनय रहेको छ। “पोईला हिन्दिम होला” गीतलाई सन्तोषी सुनारको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

प्रकाशित मिति : २०८३ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस