घोराही, जेठ २४ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला समिति दाङको सभापतिमा बागसिंह केसी सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
संघको नयाँ कार्यसमितिअन्तर्गत उपसभापतिमा जोगबहादुर खड्का, सचिवमा सुन्दरबहादुर बस्नेत तथा कोषाध्यक्षमा धनबहादुर रोका चयन हुनुभएको छ।
कार्यक्रमका अवसरमा एसईई परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण विद्यार्थी वर्षा नेपालीलाई नगद पुरस्कार तथा स्टेशनरी सामग्री प्रदान गरी सम्मान गरिएको थियो। त्यसैगरी ज्येष्ठ नागरिक भुपबहादुर पुनलाई दोसल्ला ओढाई कदरपत्रसहित सम्मान गरिएको थियो।
संघका सभापति गोविन्दबहादुर थापाको अध्यक्षता तथा मोतीराम बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा घोराही–१३ का वडाध्यक्ष डुल्लाम पोखरेल, इन्द्रबहादुर शाह तथा पूर्वप्रहरी संगठनका रोहबरबहादुर बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सचिव जोगबहादुर खड्काले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष जुद्धवीर बरालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव जमदार टेकबहादुर वलीले गर्नुभएको थियो।


