दाङ, जेठ १७ । नेपाली लोक तथा पञ्चेबाजा संस्कृतिमा आधारित नयाँ गीत ‘पन्चेबाजैमा’ सार्वजनिक भएको छ। गायक अमृत विश्वकर्मा र गायिका निर्मला देवी बस्नेतको स्वर रहेको उक्त गीत सोमबार ‘Awaj Kalamanch’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोतामाझ राम्रो चर्चा बटुलिरहेको छ।
गीतमा केशर रावतको शब्द तथा सङ्गीत रहेको छ भने एरेन्ज खेमराज गौतमले गरेका छन्। गीतको रेकर्डिङ सुमन राना र खुमन रानाले गरेका हुन्। त्यसैगरी मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन्। गीत मारुनी स्टुडियोमा तयार पारिएको छ।
भिडियोतर्फ अमृत विश्वकर्मा, सम्झना परियार, अशोक सुनार र सम्झना विश्वकर्माको अभिनय रहेको छ। गीतको कथा तथा निर्देशन स्वयं अमृत विश्वकर्माले गरेका छन्। छायाङ्कन स्मार्ट फिल्म स्टुडियोले गरेको भिडियोको सम्पादन तथा रङ संयोजन अभिशेक मल्लले गरेका छन्। पोस्ट प्रोडक्सनको काम पनि स्मार्ट फिल्म स्टुडियोले नै गरेको जनाएको छ।
पञ्चेबाजाको मौलिक स्वाद र नेपाली लोकसंस्कृतिलाई समेटेर तयार गरिएको गीत ‘पन्चेबाजैमा’ले ग्रामीण परिवेश र परम्परागत नेपाली संस्कृति झल्काउने प्रयास गरेको दर्शकहरूको प्रतिक्रिया रहेको छ। सार्वजनिक भएको केही दिनमै गीतले हजारौँ दर्शकको साथ पाउँदै लोकप्रियता बटुल्न थालेको छ।


