काठमाडौं,
पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गरिरहेका छन्। सांगीतिक बजारमा हरेक स्वादका गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित कलाकार तथा मोडल आशा बिश्वकर्माको मर्मस्पर्शी गीत “पिरको भारीले” सार्वजनिक भएको छ।
यस गीतमा शान्ती श्री परियार र कुशल बेलबासेको स्वर रहेको छ भने बिक्रमबाबु बिश्वकर्माको शब्द, सन्दिप सेञ्चुरीको थेगो र संगीत रहेको छ। सो गीतको भिडियोमा जेरी भण्डारीको कथा तथा निर्देशन रहेको छ भने बिरेन्द्र परियारको छायांकन, अशिम चन्द्र बिश्वकर्माको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा उनै आशा बिश्वकर्मा, राज बानिया, शान्बी परियार, मनिशा बिक, नारायण जिसीको सशक्त अभिनय रहेको छ। “पिरको भारीले” नामक गीतलाई आशा बिश्वकर्माको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा पारिवारिक समस्या तथा बाध्यताहरुलाई केल्याउदै श्रीमान अशक्त र गरिब भएपछि श्रीमती पैसा कमाउन बिदेश पलायन भएको र एक नेपाली नारी बलात्कृत हुनुका साथै नेपालमा सब ल्याईएको कथालाई समेट्ने प्रयास गरिएको छ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।



