दाङ, बैशाख २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशैभर वडा भेला आयोजना गरेको छ।
पार्टीका अनुसार तदर्थ समिति गठन नभएका वडाहरूमा आज भेला आयोजना गरिएको हो। उक्त भेलाबाट ती वडाहरूमा तदर्थ समिति गठन गरिने जनाइएको छ।
रास्वपा हाल आफ्नो पहिलो महाधिवेशनको तयारीमा जुटेको छ र सोही क्रममा संगठन विस्तारलाई तीव्र बनाएको जनाएको छ।
पार्टीले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवन मा आयोजना गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति : २०८३ जेष्ठ २ गते शनिवार


