राेल्पा, चैत २८ । रोल्पामा दोस्रो जिल्ला स्तरीय क्वान्किडो च्याम्पियनसिप सम्पन्न भएको छ। शनिबार रोल्पा क्वान्किडो संघको आयोजनामा परिवर्तन गाउँपालिकास्थित पुतलाचौरको बहुउद्देश्यीय सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
संघका अध्यक्ष सुरेन्द्र ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढामगर तथा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी रहेका थिए। कार्यक्रममा पूर्व उपाध्यक्ष हितकुमारी बुढामगर, लोपोन्मुख सांस्कृतिक प्रतिष्ठान संरक्षण समितिका अध्यक्ष लालबहादुर घर्तीमगर, नेकपाका गाउँपालिका सचिव कर्णबहादुर बुढामगर, नेपाल क्वान्किडो संघका केन्द्रीय सदस्य तथा प्रमुख प्रशिक्षक राजकुमार बुढाथोकी, रेफ्री अजय न्यौपाने, विपिन चौधरी, आमस पुनमगर, अशिम खड्का, लुम्बिनी प्रदेश होटल व्यवसायी संघका सदस्य मनबहादुर घर्ती, अस्थायी प्रहरी पोस्ट पुतलाचौरका इन्चार्ज भविलाल विश्वा, खेलकुद विकास समिति सदस्य झकेन्द्र रोका, युनिटी युवा क्लबका अध्यक्ष अनिल खत्री तथा थुर्पा सञ्चार मिडिया प्रालिका सहसम्पादक लोकेन्द्र केसीलगायतको उपस्थिति रहेको थियो।
संघका सचिव निराजन रानामगरको स्वागत मन्तव्यबाट सुरु भएको प्रतियोगितामा विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो। केटा ५०–५५ केजी तौल समूहमा अशिम खड्का प्रथम, देनिश खत्री द्वितीय र एलिज देवकोटा तृतीय भए। ४०–४५ केजी तौल समूहमा उत्सव थापा प्रथम र रिदम विक द्वितीय भए भने ३०–३५ केजी तौल समूहमा निश्चल महरा प्रथम, बिहान विक द्वितीय र सुदीप वली तृतीय स्थानमा रहे।
त्यसैगरी, केटी ४०–४५ केजी तौल समूहमा प्रकृति महरा प्रथम र युस्की रोका मगर द्वितीय भइन् भने ५०–६० केजी तौल समूहमा एलिया घर्ती मगर प्रथम भइन्।
कार्यक्रमको सञ्चालन संघका सदस्य दिपेन्द्र डाँगीले गरेका थिए।


