रोल्पामा वैशाख ५ देखि खेलकुद तथा सांस्कृतिक महोत्सव–२०८३ हुदै

रोल्पा, चैत २९ । रोल्पामा खेलकुद तथा सांस्कृतिक महोत्सव–२०८३ आयोजना हुने भएको छ। लाली गुराँस युवा क्लब, परिवर्तन गाउँपालिका–३, रोल्पाको आयोजनामा क्लबको २८औँ वार्षिकोत्सवको अवसर पारेर उक्त महोत्सव आयोजना गर्न लागिएको हो।

यही वैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय कला, संस्कृति तथा खेलकुदको प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।

आयोजकका अनुसार कार्यक्रममा पल शाह, विष्णु खत्री, प्रकाश दुतराज, ज्योति मगर, अर्जुन सापकोटा लगायतका कलाकारहरूले विशेष प्रस्तुति दिनेछन्।

यसका साथै अन्य लोकप्रिय कलाकारहरू—कमल बि.सी., शक्ति चन्द, विशाल सोनी, गोपाल एम.एम., छत्र बी. मगर, कृष्णबहादुर वली, कविता परियार, काजल वली, रविन सुमार, राजेन्द्र परियार, अरोमा वली परिवर्तन, सुनकुमारी वली, ज्वाला के.सी., विनिता देवी बस्नेत र अमिल सन्थी लगायतको पनि सहभागिता रहने जनाइएको छ।

त्यसैगरी नयाँ पुस्ताका उदीयमान कलाकारहरू—आशा घर्ती, निर्मला मगर, अनिता रेणु, सरिता के.सी., नबिना घर्ती, कमला बस्नेत, गीता पुन मगर, जगतलाल घर्ती तथा वीरबहादुर वलीले पनि आफ्नो कला प्रस्तुत गर्नेछन्।

महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न खेलकुद प्रतियोगिताहरू समेत सञ्चालन गरिनेछ। यसले स्थानीय युवाहरूलाई आफ्ना प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमको व्यवस्थापन तथा प्रचार–प्रसारका लागि विभिन्न मिडिया पार्टनर तथा सहयोगी संस्थाहरूको पनि सहभागिता रहनेछ।

आयोजक क्लबका अनुसार महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा युवा सहभागिता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, महोत्सव सफल बनाउन सबैलाई उपस्थित भई साथ दिन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस