दाङ, चैत २८ । गायक एम.टि. महरको नयाँ नेपाली गीत ‘पारी तारे भीर’ सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। उक्त गीत केही समयअघि मात्रै एम.टि. महरको आधिकारिक युट्युब च्यानलमार्फत प्रिमियर गरिएको हो, जसले सार्वजनिक भएको छाेटाे समयमै धेरैकाे मनमा बस्न सफल भएको छ।
गीतमा एम.टि. महर र शान्ति श्री परियारको सुमधुर स्वरले विशेष आकर्षण थपेको छ। अशोक देव परियारद्वारा रचित तथा सङ्गीतबद्ध उक्त गीतमा लोक स्वाद र आधुनिक संगीतको सुन्दर संयोजन रहेकाे छ। संगीत संयोजन खेमराज गाैतमले गरेका छन् भने सँगित एम.टि. महरले गरेका हुन्।
भिडियोतर्फ बिशाल छिनालको निर्देशन, कथा र कोरियोग्राफी प्रशंसनीय देखिन्छ। एम.टि. महर, पूजा मगर र कुलबहादुर ओलीको अभिनयले गीतको भावलाई जीवन्त बनाएको छ। अजय रेग्मीको छांयाकन र मिन रावलको सम्पादनले भिडियोको आकर्षण अझ बढाएको छ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा युट्युबमा सकारात्मक प्रतिक्रिया आउने क्रम जारी रहेकाे छ। धेरै दर्शक–श्रोताले गीतको शब्द, संगीत र दृश्य प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन्।


