राेल्पा, चैत्र २३ । रोल्पामा दोस्रो जिल्ला स्तरीय क्वानकिडो च्याम्पियनसिप २०८२ आयोजना हुने भएको छ।
उक्त प्रतियोगिता रोल्पाको परिवर्तन गाउँपालिका–५ पुतलाचौरमा चैत २८ गते शनिबार आयोजना गरिने भएकाे छ। कार्यक्रम परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौरमै सञ्चालन हुने जनाइएको छ।
प्रतियोगितामा २५ केजीदेखि ६५ केजीसम्मका तौल समूहमा प्रतिस्पर्धा गराइनेछ। प्रत्येक ५ केजी अन्तरमा खेलाडीहरूबीच प्रतिस्पर्धा हुने व्यवस्था गरिएको छ।
क्वानकिडो खेल रोल्पा जिल्ला खेलकुद विकास समितिमा २०८० सालमा दर्ता भएको हो। यस संघको पहिलो अधिवेशन २०८१ सालमा परिवर्तन गाउँपालिकामा सम्पन्न भएको थियो। त्यस्तै, पहिलो जिल्ला स्तरीय क्वानकिडो च्याम्पियनसिप पनि २०८१ सालमै त्रिवेणी गाउँपालिकामा आयोजना गरिएको थियो।
अब दोस्रो संस्करणको रोल्पा जिल्ला स्तरीय क्वानकिडो च्याम्पियनसिप २०८२ परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौरमा आयोजना हुन लागेको क्वानकिडो संघ रोल्पाका अध्यक्ष सुरेन्द्र वलीले जानकारी दिएका छन्।


