राेल्पा, परिवर्तन १ मा उपाध्यक्षद्वारा शहीद परिवार भेटघाट कार्यक्रम सम्पन्न

राेल्पा, चैत्र १५ । परिवर्तन गाउँपालिका–१ नं. वडामा उपाध्यक्षद्वारा शहीद परिवारसँग भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ। जनयुद्धका क्रममा शहीद भएका परिवारहरूसँग भेटघाट गरी उनीहरूको अवस्था, गुनासो, सल्लाह तथा सुझाव संकलन गरिएको हो।

उपाध्यक्षले परिवर्तन गाउँपालिकाभरिका करिब १४ जना शहीद परिवारसँग भेटघाट गर्दै उनीहरूका समस्याहरू सुन्नुका साथै आगामी दिनमा गाउँपालिकाले शहीद परिवारका लागि गर्नुपर्ने काम तथा योजनाबारे जानकारी लिनुभएको थियो।

भेटघाटका क्रममा शहीद परिवारलाई न्यानो कपडास्वरूप रकम वितरण गरिएको थियो। साथै, उपाध्यक्षले वडा नं. १ देखि ६ सम्मका सबै शहीद परिवारसँग भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको जानकारी दिनुभयो।

कार्यक्रममा वडा अध्यक्ष मैते बुढा मगरको पनि सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८२ चैत्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस