दाङको गुरुकुल एकेडेमीमा २०८३ देखि AI आधारित शिक्षण पद्धति लागू हुने

दाङ, चैत्र ३ । दाङ जिल्लामा अवस्थित गुरुकुल एकेडेमीले आगामी शैक्षिक सत्र २०८३ देखि कृत्रिम बुद्धिमत्ता (AI) आधारित शिक्षण पद्धति लागू गर्ने भएको छ।

सोमवार, गुरुकुल एकेडेमीले घोराहीमा पत्रकार सम्मेलनको माध्यमबाट यसबारे जानकारी दिएको हो।

यस पहलअन्तर्गत विद्यालयले रेक्टा विधि मार्फत विद्यार्थी–केन्द्रित, अनुसन्धानमुखी र व्यवहारिक शिक्षण प्रणाली अपनाउने योजना बनाएको छ।

वि.सं. २०७२ मा घोराही उपमहानगरपालिका–१५, रतनपुरमा स्थापना भएको गुरुकुल एकेडेमीले प्लेग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई गुणस्तरीय, संस्कारयुक्त र आधुनिक शिक्षा प्रदान गर्दै आएको छ। वि.सं. २०८१ मा तुलसीपुर र लमहीमा पनि यसका शाखा विद्यालयहरू स्थापना भएका हुन्।

उक्त पत्रकार मार्फत विद्यालयले आगामी शैक्षिक सत्रमा मन्टेसरी तहदेखि कक्षा ९ र ११ सम्मको शैक्षिक संरचना थप व्यवस्थित बनाउने, परियोजनामूलक सिकाइ, प्रयोगात्मक अभ्यास र अनुसन्धानमुखी शिक्षामा जोड दिने योजना बनाइएको छ।

उक्त पहलले विद्यार्थीहरूलाई ज्ञान, सीप र प्रविधिको समन्वयमार्फत भविष्यका चुनौतीहरू सामना गर्न सक्षम बनाउने पनि विद्यालय प्रशासनले जानकारी गराएकाे हाे ।

गुरुकुल एकेडेमीले नियमित शैक्षिक प्रतियोगिता, विज्ञान प्रदर्शनी, खेलकुद तथा सांस्कृतिक गतिविधिहरू मार्फत विद्यार्थीहरूको प्रतिभा विकासमा पनि जोड दिँदै आएको छ।

 

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस