घोराही, फागुन ३० । घोराहीमा लुम्बिनी प्रदेश स्तरिय महोत्सव आज शनिवार लाेकदाेहाेरी गायिका प्रिती आले सहितका कलाकारहरूकाे प्रस्तुति रहने भएकाे छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म ‘घरेलु तथा साना उद्याेगकाे विकास र विस्तार, लुम्बिनी प्रदेश समृद्धिकाे आधार’ भन्ने नारा सहित आयाेजना गरिएकाे ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ काे तेस्राे दिन शनिवार प्रिती आले, गायक टंक तिमल्सीना लगायतका कलाकारहरूकाे प्रस्तुति रहने आयाेजक मूल समितिका संयाेजक लव अधिकारीले जानकारी दिनुभयाे ।
महाेत्सवकाे दाेस्राे दिनदेखी सांस्कृतिक कार्यक्रमहरू सुरू भएका थिए । शुक्रवार कलाकारहरू शान्तराम सेञ्चुरी, साेनु कुश्मी, सन्दीप सेञ्चुरी, विष्णु सुनार लगायतका कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे । महाेत्सवकाे आकर्षणकाे रूपमा आईफिल टावर, युरोपियन स्ट्रिट, लण्डन ब्रिज, बाल उद्यानहरु, जलपरी, सिंह दरबार निर्माण गरिएकाे छ ।


