प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते मङ्गलवार

दाङ, फागुन २५ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार सबैभन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्दै पहिलो स्थान हासिल गरेको छ।
त्यस्तै, नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा (एमाले) ले ९ सिट प्राप्त गरेको छ। नेपाली कम्युनिष्ट पार्टीले ८ सिट जित्दा श्रम संस्कृति पार्टीले ३ सिट हासिल गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेको छ भने स्वतन्त्र उम्मेदवारले पनि १ सिट जितेका छन्।
यसरी प्रत्यक्षतर्फ कुल १६५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ।
