इजरायली आक्रमणमा इरानको विद्यालयका २४ विद्यार्थीको मृत्यु

काठमाडौं, फागुन १६ । इरानको होर्मोजगान प्रान्तस्थित एक विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मृत्यु हुने विद्यार्थीको संख्या २४ पुगेको छ ।

दक्षिणी इरानको होर्मोजगान प्रान्तको मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या २४ पुगेको हो । यसअघि अलजजिराले उक्त आक्रमणमा पाँच जनाको मृत्यु भएको समाचार सार्वजनिक गरेको थियो । अहिले सो संख्या बढेर २४ पुगेको अलजजिराले जनाएको छ ।

इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाज सुनिएको बताइएको छ । तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको जनाइएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस