घाेराही, फागुन ४ । नेपाली काङ्ग्रेस समर्थकहरूको पहलमा तयार गरिएको चुनावी गीत ‘रुखमा भोट नेपाली काङ्ग्रेसलाई’ बाेलकाे गितकाे पाेष्टर सार्वजनिक गरिएको छ। घनश्याम गिरीको प्रस्तुतिमा तयार भएको उक्त गीतमा पार्टीको चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न आह्वान गरिएको छ भने युवा नेता गगन थापा को नेतृत्व र भूमिकाको विशेष चर्चा गरिएको छ।
गीतको निर्देशन बिरेन्द्र ओलीले गरेका छन्। स्वरमा गोपाल नेपाल जीएम र कल्पना घले रहेका छन् भने शब्द तथा संगीत घनश्याम गिरीकै रहेको जनाइएको छ। एरेन्ज पूर्णा संयाेगले गरेका हुन् भने रेकर्डिङ तथा मिक्सिङ मास्टरिङ कुमार रानाले गरेका छन ।
पाेष्टर सार्वजनिक उक्त गित मारूनी रेकर्डिङ स्टुडियोमा गरिएको बताइएको छ। छायांकन राेजन रोकाले गरेका छन्। गीतमा नेपाली काङ्ग्रेसलाई समृद्धि, स्थिरता र लोकतान्त्रिक मूल्यमान्यताको संवाहक शक्तिका रूपमा प्रस्तुत गरिएको छ। विशेषगरी गगन थापालाई परिवर्तन र विकासको एजेन्डा बोकेको नेताका रूपमा चित्रण गरिएको छ।
गीतमार्फत आगामी निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी नेपाली काङ्ग्रेसलाई विजयी गराउन अपिल गरिएको छ। निर्माण टिमका अनुसार उक्त गीतकाे पाेष्टर सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ, भने गित केहि समय पछि “घनस्याम गिरी” युट्युब च्यानलमा सर्वजनिक हुने बताइएकाे छ।
केहि समय पछि “घनस्याम गिरी” युट्युब च्यानलमा सर्वजनिक हुने तयारीमा रहेकाे उक्त गितमा बिमला थापा मगर , जयलाल डागी , प्रबिन खडका , कमला कवर , प्रीया सुनार , पुनम सुनार र आसिका भण्डारिको अभिनय रहेको छ भने दाङ क्षेत्र नम्बर २ का उम्मेदवार किरन किसोर घिमीरे पनि सुटिङ स्थलमा पुगेका थिए ।
चुनावी माहोल तातेसँगै विभिन्न राजनीतिक दलहरूले यस्ता प्रचारात्मक सामग्री सार्वजनिक गरिरहेका बेला नेपाली काङ्ग्रेस समर्थित यो गीतले पनि चर्चा बटुल्ने अपेक्षा गरिएको छ।


