जयलाल डाँगीको ‘मै झिल्के ड्राइभर’ गीतको भिडियो सार्वजनिक

लोकप्रिय सर्जक जयलाल डाँगीको शब्द, संगीत र स्वरमा तयार गरिएको नयाँ लोक–पप शैलीको म्युजिक भिडियो ‘मै झिल्के ड्राइभर’ सार्वजनिक गरिएको छ। भिडियोको सार्वजनिक कार्यक्रम मंगलवार नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व उपाध्यक्ष उदय जिएमले भिडियो प्ले गरेर सम्पन्न गर्नुभयो।

कार्यक्रममा पत्रकार गोबिन्द खड्का,हेमराज परिबर्तन लोक तथा दोहोरीगीत प्रतिष्ठानका केन्द्रिय सदस्य प्रेम शर्मा साहियकार सोभाराम ओली ,खेमराज गाउले अथितिमा केशरमान बुढाथोकी गायक दिपक पुन, भावना महरा , रामकुमार दाहाल ,बिकाश खडका लगायत थुप्रै कलाकर्मीको उपस्थिती रहेको थियो ।

गीतमा जयलाल डाँगीलाई गायीका मनिषा लामिछानेले स्वरमा साथ दिएकी छन्। विरेन्द्र वलीको निर्देशनमा तयार गरिएको भिडियोमा दाङका सुन्दर दृश्यहरू समावेश छन्। दृश्यलाई अझ आकर्षक बनाउन नेपालगञ्जका केही स्थानहरूमा पनि छायांकन गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथी जिएमले शुभकामना दिँदै स्थानिय कलाकार र सर्जकहरूले तयार गरेका मौलिक गीतहरूले हाम्रो कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउँने बताए । उनले ‘मै झिल्के ड्राइभर’ त्यसको उत्कृष्ट उदाहरण भएको बताएका हुन् ।
यस्तै, भिडियोका निर्देशक विरेन्द्र वलीले दाङका रमणीय दृश्यहरू र चालक पेशासँग जोडिएको कथा मिलाएर फरक स्वादको भिडियो तयार गरिएको जानकारी दिए । स्थानीय कलाकारहरूको सहभागिताले यसले स्थानीयपन झल्काएको छ, जसले दर्शकको मन छुने विश्वास लिएको उनको भनाई थियो ।

भिडियोमा नयाँ र पुराना कलाकारहरूलाई सँगै प्रस्तुत गरिएको छ। राजु सुनार, आशा परियार, जयलाल डाँगी, विमला थापा मगर, वर्षा मगर, बिन्दु विश्वकर्मा (जलपरी), भुमिका मगर, नविना बुढा, अनिता सेन, खुशी खड्का र पनव कुमार घर्तीमगरले दमदार अभिनय र बबाल नृत्य प्रस्तुत गरेका छन्। भिडियोको कोरियोग्राफी विमला थापा, छायांकन रोजन रोका, र सम्पादन दीपक विष्टले गरेका हुन्। ‘मै झिल्के ड्राइभर’ म्युजिक भिडियो जयलाल डाँगी नामक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

सार्वजनिक कार्यक्रमा उपस्थित सबैलाई धन्यावद दिदै सर्जक डाँगीले यो गीतले मेहनती चालक वर्गको संघर्ष, जीवनशैली र आत्मगौरवलाई रमाइलो ढंगले प्रस्तुत गर्ने प्रयास गरेको बताए । उनले दर्शक–श्रोतालाई मन पर्नेमा विश्वस्त व्यक्त गरेको छन् ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस