हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन तिज गित हरु बजारमा आईरहेका छन् सुमी घिमिरे सापकोटाको तीज गीत बजारमा आएको हो ।
“झुक्कायो बैमानिले “ तीज गित बजारमा आएको छ, सुमी घिमिरे सापकोटाको युटुब च्यानलबाट आएको हो भने यस गितले तीजमा हुने पिडाको भावलाई दर्साउन खोजेको छ । सुमी घिमिरे सापकोटा परदेसमा भएपनि नेपालि कलालाइ जोगाइराखेकि छन् गीत संगीतलाइ माया गर्ने उनि आफ्नो पर्वलाई जोगाउदै तीज गीत बजारमा लिएकी छिन उनि सर्जक समेत हुन् । नेपालि माटो नेपालि कला जोगाउन उनि परदेस बाटै भएपनि आफ्नो कला प्रस्तुत गरेकी छिन ।
देबी घर्तिको एकल स्वर रहेको गीतमा सब्द सुमी घिमिरे सापकोटा र लय हरि गिरि बिमर्सिको रहेको छ । यस गीतको एरेञ्ज आकाश नेपालीले गरेका हुन् भने यो गित ओन डीबी नेक्स लेभल स्टुडियोमा रेकर्ड गरिएको थियो । यस गीतलाई एच बिएन किस्मतले मिक्सिंग गरेका हुन् ।
जेरी भण्डारीको निर्देशनमा बनेको यो भिडीयोलाइ राजेश घिमिरेको टिमले खिचेका हुन्, भने यस भिडियोको कलर सम्पादन सुजन कोइरालाले गरेका हुन् भने अमर सुनार सह कोरियोग्राफी रहेको छ ।
भिडियोमा संचिता बोलाखे र जोन बमको दमदार अभिनय रहेको छ।
हेर्नुस भिडियो …..।