
“चमराको जुत्ता” गीत बजारमा आएको छ , तिलक शाही ठकुरीको अफिसियल यूटुब च्यानलबाट यो गीत बजारमा आएको हो भने गीतले माया प्रेमको भावलाई दर्साउन खोजेको छ ।
गायक भुवन शाह र गायिका पूर्णकला बिसीको स्वरमा रहेको गीतमा भुवन परियारको शब्द र संगीत रहेको छ भने खेमराज गौतमको एरेन्ज रहेको गीतलाई शंकरा स्टुडियोमा रेकर्ड गरिएको हो सगर पुनको रेकर्ड र कुमार सानु पुनको मिक्सिंग रहेको छ।
तिलक ठकुरीको कथा निर्देशन रहेको भिडियोलाई नीराजन केसीले खिचेका हुन् साथै कलर सम्पादन पनि उनैको रहेको छ।
भिडियोमा तिलक शाही, शाखिरा मगर र टिमको दमदार अभिनय रहेको छ भने रोज डिजिटल तुलसीपुर दाङ्गले सामग्री उपलब्ध गराएको छ।
हेर्नुहोस भिडियो !!!
प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार