राज कुमार ओली र शान्ति श्री परियारको स्वरमा “का पर्छ चाइना” गीत बजारमा

“का पर्छ चाइना” गीत बजारमा आएको छ लोक गीतहरु बजारमा आउदै गर्दा सबैलाई नचाउने खालको यो गीत बजारमा आएको हो ।

शान्ति श्री परियार ,राज कुमार ओली र बिराज गन्दर्भको स्वर रहेको गीतलाई सब्द र संगीत भने राज कुमार ओलीले गरेका छन् भने म्युजिक एरेन्ज खेमराज गौतमले गरेका हुन् ।

स्टुडियो मारुनिमा रेकड भएको गीतलाई सुनाम रानाले रेकडिङ्ग र कुमार रानाले मिक्सिंग गरेको यो गीत राज कुमार ओलीको आफ्नै युटुब च्यानल बाट बजारमा आएको छ ।

बिरेन्द्र ओलीको निर्देसन,रोजन रोकाको क्यामरा बाट तयार भएको भिडियोलाइ दिपक बिष्टको कलर सम्पादन रहेको छ ।

भिडियोमा प्रकाश सोनी,सुरेन गिरि, सुजन सेन्चुरी,सलिना थापा,सुरक्षा मगर, बिमला मगर र संजिता मगरको दमदार अभिनय रहेको छ

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस